दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
आज बसेको जिल्ला सचिवालयको बैठकले लबरुका छोरा प्रदिप चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको सचिव मनोहर बुढाथोकीले जानकारी दिए।
प्रदिपले आजै निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराएका छन्। लबरुको मंगलबार राति उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो।
उनको मृत्यु भएपछि वैशाख ३० गते तोकिएको मतदानको समय तालिका स्थगित गरेर निर्वाचन आयोगले जेठ ३ गते मतदानको अर्को समय तालिका तोकिएको छ। जसका लागि आज र भोलि उम्मेदवार मनोनयनसँगै चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
तुलसीपुरमा जेठ ३ गते मतदान हुने