‘अवतार–२’को टिजरलाई २४ घण्टामा १४ करोड ८६ लाख भ्यूज

जेम्स क्यामरुनले निर्देशन गरेको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’को टिजरको क्रेज बढेको छ।

रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक)  हेरिएको छ। 

‘अवतार–२’ नेपालमा पनि पुस १ गते रिलिज गर्ने तयारी छ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’ले विश्व बक्स अफिसमा २.८४ बिलियन डलर कमाएर हाल सम्मको नै धेरै कमाउने फिल्मको रेकर्ड राखेको थियो। सेप्टेम्बर २३ मा ‘अवतार’ फिल्मको पुनः प्रदर्शन हुँदैछ।

प्रकाशित मिति: : 2022-05-11 13:08:00

प्रतिकृया दिनुहोस्