चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ। उक्त फिल्मलाई दीपक रौनियारले निर्देशन गर्ने भएका छन्। फिल्ममा १४ वर्षको उमेरमा भारत पसेका सन्तोषको मास्टरसेफसम्मको यात्रालाई चित्रण गरिने छ।
फिल्ममा सन्तोष शाहले नौ वर्षको उमेरमा ढल सफा गर्दै परिवारको आर्थिक आवश्यकता पूरा गरेका सन्तोष १४ वर्षमा भारत पुगेर भाँडा माझ्ने काम गरेको,सन् २०१० मा लण्डन पुगेका सन्तोष सन् २०२० मा बीबीसीको पाककला सम्बन्धी टीभी रियालिटी शोमा सेकेण्ड रनरअप घोषित भएका सम्मका सङघर्षलाई कथामा प्रस्तुत गरिने छ।
फिल्मको निर्माणबारे संवाद सुरु भएको छ भने कहिले देखि फिल्म सुरु हुन्छ भन्नेबारे टुंगो लागिसकेको छैन।