‘सञ्जु बैनी, तिम्रो अर्को फोटो कहिले खिच्ने ?’

रातोपाटी

भुपेश उपाध्याय

मंगलबार मेरो अफिस बिदा हो । म बिदाको दिन अलि लामो समय सुत्ने गर्छु । बिहान आठ बजे उठ्ने बित्तिकै फेसबुक खोले ।

तर सधैँझैँ फेसबुकमा रमाइला भिडियो, समाचार, गुड मर्निङ जस्ता जस्ता पोष्ट थिएनन् । त्यो दिन अपत्यारिलो र दुःखद खबर थियो । खेलकुद पत्रकार भएर होला खेलाडी र खेलसँग सम्बन्धित धेरै व्यक्तिहरू मेरो फेसबुकमा साथी छन् ।

खेलकुद सम्बन्धित धेरै व्यक्तिहरूको वालमा सञ्जु चौधरीको निधनको पोष्ट मात्र थिए । एकाबिहानै अपत्यारिलो खबर सुनियो ।

 

उसो त सबैजसो खेलाडी मेरो नजिक नै छन् । नेपालगञ्ज घर भएको कारण सञ्जु बैनीलाई अझ नजिकबाट चिन्थे । एउटा हँसिलो अनुहार, शरीरमा धेरै भार बहन गर्न सक्ने क्षमता भएकी निडर खेलाडी ।

उनले आत्महत्या गरेको खबर मलाई जस्तै धेरैलाई अहिले पनि अपत्यारिलो लागिरहेको छ । 
 

प्रकाशित मिति: : 2022-05-13 10:30:00

प्रतिकृया दिनुहोस्