रोल्पाकाे गंगादेव–७ मा कांग्रेस विजयी, गाउँपालिकामा पनि अग्रता कायमै

रोल्पाको गंगादेव गाउँपालिका–७ मा कांग्रेसले विजयी हासिल गरेको छ।

वडा नं–७ मा कांग्रेसका प्रेम प्रकाश केसीको प्यानल नै विजय भएसँगै कांग्रेसले रोल्पामा दुई वटा वडामा विजयी हासिल गरेको हाे।  

गंगादेव गाउँपालिका–१ मा यसअघि नै कांग्रेसले विजयी हासिल गरिसकेको छ। 

यो सँगै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले मतान्तर बढाउँदै अग्रता कायमै राखेको छ। 

सुरुदेखि नै अग्रता कायम गरेको कांग्रेसले दुई वटा वडा जित्दै गाउँपालिकामा पनि जित दर्ता गर्न आफ्नो अग्रतालाई कायम राखेको छ।

प्रकाशित मिति: : 2022-05-14 14:57:00

प्रतिकृया दिनुहोस्