बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान दम्पती सम्बन्ध विच्छेदका लागि फेमिली कोर्ट पुगेका छन्।
विवाहको २४ वर्षपछि सोहिल र उनकी पत्नी सीमा खान अदालत पुगेका हुन्। तर उनीहरू लामो समयदेखि अलगिएर नै बसिरहेका थिए।
सीमाले नेटफ्ल्क्सिको ‘फेबुलस लाइफस् फ बलिउड वाइफ्स’ मा हुँदा श्रीमान् र आफू अलग–अलग घरमा बसिरहेको बताएकी थिइन्।
निर्भान र योहान दुई सन्तानका आमा उनले कार्यक्रमकै क्रममा छोरा सोहेलसँग बस्ने भएकाले आफूले त्यति भेट्न नपाउने बताएकी थिइन्।