काठमाडौंका अरू वडाको मत गन्दा पछि पर्लान् बालेन शाह?

'गेम इज ओभर', केशव स्थापित र सिर्जना सिंहबीच दोस्रो स्थानका लागि टक्कर

सेतोपाटी

काठमाडौं

काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

प्रारम्भिक मतपरिणामसँगै शाहले मेयर जित्न सक्ने चर्चा आममानिसबीच सुरू भएको छ। मुख्य पार्टीका नेताहरू भने अहिले नै निष्कर्षमा पुग्न नमिल्ने तर्क गरिरहेका छन्।

एमालेका मेयर उम्मेदवार केशव स्थापितले त अन्तिम परिणाम आउँदा आफूले नै जित्ने र शाह तेस्रो हुने दाबी गरेका छन्। आइतबार सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'जित्ने मैले नै हो, यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेस्रो हो।'

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरूरी नभएको उनले बताए। स्थापितले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह पनि गरे।

काठमाडौं महानगरकी निवर्तमान उपमेयर तथा कांग्रेस नेता हरिप्रभा खड्गीले पनि प्रारम्भिक परिणामका आधारमा अहिले नै निष्कर्ष निकाल्न नमिल्ने तर्क गरिन्।

प्रकाशित मिति: : 2022-05-16 17:55:00

प्रतिकृया दिनुहोस्