रोल्पाको माडी र सुनिल स्मृति गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पाको माडी र सुनिलस्मृति गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

माडी गाउँपालिका अध्यक्षमा अमरसिंह घर्ती ३८ ३० मत प्राप्त गरी विजयी भएका हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय कुमार घर्ती मगरले ३३७१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा माओवादी केन्द्रकी जयपुरी घर्ती ३९६६ मत प्राप्त गरी विजय भएकी छन् भने उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णबहादुर बिकले ३०५० मत पाएका छन्।

त्यसैगरी सुनिल स्मृति गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका मणिराम बुढाथोकी ६०६२ मत प्राप्त गरेर विजयी भएका छन् भने कांग्रेसका गन्जबहादुर क्षेत्रीले ३८९३ मत पाएका छन्।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मिना थापा ६०३७ मत ल्याएर विजयी भइन् भने कांग्रेसकी तेजकुमारी विष्टले ३४०० मत पाइन्। 

प्रकाशित मिति: : 2022-05-16 21:40:00

प्रतिकृया दिनुहोस्