दोस्रो खेलमा युगान्डाले टस जित्यो, नेपाललाई ब्याटिङकाे निम्ताे

File photo
File photo

पाँच टी-२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो। 

खेल १ बजे सुरु हुनेछ हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १-० को अग्रता बनाएको छ। नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो। 

पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन्। पहिलोपटक घरेलु मैदानमा टी-२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ। 
 

प्रकाशित मिति: : 2022-05-17 12:55:00

प्रतिकृया दिनुहोस्