एमाले दाङले गर्‍यो विजय र्‍याली (तस्बिरसहित) 

नेकपा (एमाले) दाङले विजय उत्सव तथा धन्यवाद ज्ञापन गर्न र्‍याली गरेको छ। एमालेले घोराही बजार परिकर्मा गरेर विजय उत्सव तथा धन्यवाद ज्ञापन र्‍याली गरेको हो।

घोराही उपमहानगरपालिका जितेपछि एमाले दाङले नवनिर्वाचित जनप्रतिनिधिलाई बजार परिकर्मा गराएकाे हाे। पार्टी कार्यालयबाट सुरु भएको र्‍याली ट्राफिक चोकबाट घोराही चोक हुँदै सभागृहमा गएर कार्यक्रममा परिणत भएको थियो।

र्‍यालीमा एमालेमा महासचिव शंकर पोखरेल, पोलिट ब्यूरो सदस्या सुजिता शाक्य, नवनिर्वाचित घोराहीका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीलगायत घोराहीमा एमालेबाट जितेका वडाध्यक्ष र वडासदस्य लगायत समर्थकहरुको सहभागिता रहेको थियो।

महासचिव पोखरेलको घोराही उपमहानगरपालिपका निर्वाचन क्षेत्र पनि हो।

एमालेले दाङमा ९ पालिकाकाे मत परिणाम आउँदा घाेराहीमा मात्र जित निकालेकाे छ। तुलसीपसरमा भने हाल मत गणना जारी छ।

प्रकाशित मिति: : 2022-05-20 19:08:00

प्रतिकृया दिनुहोस्