१६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी

कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेमाथि बलात्कारको आरोप

सेतोपाटी

शोभा शर्मा

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि अरू दुई जनाले पनि उक्त घटना पुष्टि हुने गरी आफ्नो भनाइ राखेका छन्।

उक्त कन्सल्टेन्सीका एक पूर्वकर्मचारीले सेतोपाटीसँग कुरा गर्दै ती युवतीले भिडिओमा वर्णन गरेको घटनाको आफू पनि साक्षी भएको बताएका छन्। उनले आफ्नो नाम भने सार्वजनिक गर्न चाहेनन्।

'मैले त्यो बहिनीको भिडिओ हेरेँ। ब्युटी कन्टेस्ट आयोजना भएको छ महिनापछि अफिसमा भएको जुन घटना उनले सुनाएकी छन्, त्यो घटनाको एउटा साक्षी म पनि हुँ,' ती पूर्व कर्मचारीले भने।

प्रकाशित मिति: : 2022-05-21 12:24:00

प्रतिकृया दिनुहोस्