अर्थतन्त्रमा हलचल, नेतृत्व मौन

विश्वव्यापी महामारी कोभिड–१९ पछि अर्थतन्त्रमा आउन सक्ने जोखिमलाई नियाल्न नसक्नु नै सरकारको ठूलो कमजोरी हो।

शिलापत्र

जगदीश दाहाल

पछिल्लो समय मुलुकमा आर्थिक संकटको बादल देखिन थालेको छ। अर्थतन्त्रका अधिकांश सूचकहरू ओरालो लाग्दै गर्दा कतै देश श्रीलंकाको बाटोमा हिँड्ने त होइन ? यस्तै विविध अड्कलबाजी हुन थालेका छन्। सामान्य अवस्थामा केही जटिल मानिने अर्थतन्त्रका विषयमा अहिले चिया पसलहरूमा पनि गफ हुन थालेका छन्। यसले पनि अर्थतन्त्र केही जटिल अवस्थामा पुगेको छ भन्ने कुराको संकेत गर्छ।

नेपालमा कोरोना कालको समयमा आर्थिक वृद्धिदर कमजोर रहे पनि अर्थतन्त्रका अन्य सूचकहरू सकारात्मक देखिएका थिए। तर, कोरोनाको कहर कम हुँदै गर्दा आर्थिक गतिविधिहरू पनि तीव्र रूपमा बढ्न थाले। जसको फलस्वरूप बजारमा कर्जाको चर्को माग हुन पुग्यो। दुई वर्षसम्म आर्थिक गतिविधिहरू ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिएर बसेको थियो। तर, अवस्था सामान्य हुँदै गएपछि बैंकहरू कर्जा विस्तारमा आक्रामक देखिए।

प्रकाशित मिति: : 2022-05-22 13:51:00

प्रतिकृया दिनुहोस्