गठबन्धन : कसलाई नाफा,कसलाई घाटा ?

गठबन्धनले कुन दल कहाँ ?

विपक्षी एमालेविरुद्ध सत्तासीन पाँच दल गठबन्धन गरेरै स्थानीय चुनावमा गए। कतै साझा उम्मेदवार खडा गरे। कतै जो–जो मिल्न सकिन्छ त्यहीअनुसार गठबन्धन बनाए। परिणाम भने मिश्रित आयो। केहीमा गठबन्धनका कारण सत्तासीन दललाई फाइदा पुग्यो। केहीमा गठबन्धनमा गडबडीका कारण एमाले उम्मेदवारलाई चुनाव जित्न सहज भयो। यद्यपि, एमाले सिट संख्यामा खुम्चिएको छ। 

निर्वाचन आयोगको शनिबार साँझको तथ्यांकअनुसार कांग्रेसले पहिलो स्थानमा ३ सय ७ स्थानीय तहमा प्रमुख÷अध्यक्ष जितेको छ। १ सय ८८ स्थानमा प्रमुख÷अध्यक्ष जितेर एमाले दोस्रो स्थानमा छ। त्यसपछि माओवादी केन्द्रले १ सय २० स्थानको नेतृत्व हात पारेको छ। एमालेले पनि कतिपय स्थानीय तहमा राप्रपासँग तालमेल गर्‍यो। केहीमा भने ‘स्थानीय आवश्यकता र परिस्थितिअनुसार’ अचम्मका गठबन्धन बने।

प्रकाशित मिति: : 2022-05-22 15:53:00

प्रतिकृया दिनुहोस्