बालेन कसरी भए ‘बबाल उम्मेदवार’ ?

रातोपाटी

दीर्घ बहादुर चन्द

काठमाडौं महानगरको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा एमाले नेता केशव स्थापितले हुँकार शैलीमा भनेका थिए, ‘द गेम इज ओभर’ म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता छ ।

आफ्नो जितमा ढुक्क र ओभर कन्फीडेन्ट थिए उनी । काठमाडौंको मेयर भैसकेका र मूलधारको राजनीतिमा ‘स्थापित’ उनको आत्मविश्वास पलाउनु स्वभाविक पनि थियो । तर उनको उपर्युक्त घोषणालाई काठमाडाैं महानगरको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले नराम्ररी धक्का दिएको छ ।

काठमाडाैं महानगरमा आधा दर्जन वडाहरूको नतिजा आइसकेको छ । उक्त वडाहरूमा आफ्नो पकड मजबुत रहेको भनी घोषणा गर्ने स्थापित र  नेपाली काँग्रेसकी सिर्जना सिंह पेशाले इन्जिनियर,प्रतिभाले र्यापर गायक स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा दशौं हजार मतान्तरले पछाडि छुटेका छन् । बालेन काठमाडौंका नयाँ मेयर हुने प्रवल संभावना छ ।

प्रकाशित मिति: : 2022-05-24 13:58:00

प्रतिकृया दिनुहोस्