आत्मनिर्भर अर्थतन्त्रको रोडम्याप

मुलुकको अर्थतन्त्र सबल हुनका लागि उद्योगधन्दा एवं कलकारखानाको विकास हुनुपर्छ।

अन्नपूर्ण पोष्ट

दीपकप्रसाद दाहाल

सरकारले हरेक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ। ती नीति, कार्यक्रम तथा बजेटमा मुख्यतः स्वदेशी उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको हुन्छ।

तर, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको आयातको तथ्यांकले सरकारी नीति र योजनालाई चुनौती दिइरहेको छ।

मुलुकको अर्थतन्त्र सबल हुनका लागि उद्योगधन्दा एवं कलकारखानको विकास हुनुपर्छ। निजी क्षेत्रले स्वदेशी उत्पादन बढाउने र स्वदेशी वस्तुकै खपतलाई बढावा दिनुपर्र्ने आग्रह गर्दै आएको छ।

स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवद्र्धन गर्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ। उद्योगधन्दाले सरकारलाई आयकर तिर्छन्। जसबाट सरकारी राजस्वमा योगदान पुग्छ। मुलुकको अर्थतन्त्र पनि सुदृढ हुन पुग्छ।

प्रकाशित मिति: : 2022-05-25 12:38:00

प्रतिकृया दिनुहोस्