नीति–कार्यक्रममा ऊर्जा

नागरिक दैनिक

डा. रामहरि पौड्याल

नेपालदेखि धेरै टाढा समुद्रपारिको पश्चिमी संसार बेलायतको एउटा ग्रामीण नगरमा बसेको मैले उत्सुकतापूर्वक राष्ट्रपतिले प्रस्तुत गरेको २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रत्यक्ष प्रसारण सुनेँ।

जलविद्युत् र ऊर्जाको क्षेत्रमा विशेष चासो राख्ने र केही वर्षदेखि नेपालको ऊर्जा संकटलाई नवीकरणीय ऊर्जाले कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानरत रहेको ऊर्जाको एक विद्यार्थी भएकाले मैले यस क्षेत्रका केही बुँदालाई उत्सुकतापूर्वक केलाउने जमर्को गरेको गरेको छु।

राष्ट्रपतिद्वारा प्रस्तुत ६६ पृष्ठ लामो १४५ बुँदामा प्रस्तुत भाषणमा ऊर्जासम्बन्धी कार्ययोजनालाई मैले सूचीबद्ध गरेको हुँ।

त्यसो त यसप्रकारका नीति तथा कार्यक्रम सदाझैँ कर्मकाण्डी रूपमा दशकौँदेखि गरिँदै आएका छन्। यस्ता कार्यक्रमहरूमा गत वर्ष के प्रतिज्ञा गरिएको थियो, यस वर्ष कति प्रगति भयो, कति कमी/कमजोरी भए, तिनलाई चुस्तदुरुस्त बनाउन के/कस्ता योजना ल्याइए भन्ने किसिमको रचनात्मक समीक्षा गर्ने परिपाटी नेपालमा देखिँदैन।

सस्तो लोकप्रियताका लागि यो पनि, त्यो पनि, सबै गरिनेछ भनेर जनतालाई आश्वासनको खोले बाँडिन्छ।

प्रकाशित मिति: : 2022-05-29 14:38:00

प्रतिकृया दिनुहोस्