शरिरमा छोएको भन्दै फिल्म हेर्न गएका भिछुलाई झापड हानेर प्रहरीमा बुझाएको घटनाले उकालो लागेको कबड्डी ४ को ब्यापार ओरालो लागेको छ।
मंगलबार उपत्यकाभरीका अधिकाशं हल बाहिर कबड्डी ४ को बिरुद्धमा नाराबाजी हुन थालेको छ।
नाराबाजी हुदै फिल्मनै बहिस्कार गरौं भन्दै भिछुहरुनै सडकमा उत्रेपछि टिकट काटेर हलमा पुगेका दर्शक समेत अलमलमा परेका छन्।
रिजिल भएको ३ दिनसम्म निकै चलेको कबड्डी ४को मंगलबारमा आएर ब्रेक लागेको हो। फिल्मको ब्यानर नै जलाएर दर्शक बिरोधमा उत्रिएपछि अन्य कलाकारको भने तनावमा परेका छन्।
फिल्मकी नायकी मिरुना मगरले दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाएकी थिइन्।
तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। तमाङको रिहाई र झुठा आरोप लगाउने अभिनेत्रीलाई कारबाहीको माग गर्दै लामा भिक्षुहरुले प्रदर्शनमा उत्रेका हुन्।