मिरुनाले फुर्पालाई भाइ सम्भिएर दिइन् माफी, दुई पक्षबीच मिलापत्र

ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ। दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेकाे छ।

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी मिरुनाले ब्याड टच भएको आरोप फुर्पामाथि लगाएसँगै उत्पन्न विवादलाई लिएर दुवै पक्षले गल्ती स्वीकारेका छन्।

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्।

प्रकाशित मिति: : 2022-05-31 20:04:00

प्रतिकृया दिनुहोस्