गायक चित्र आठपरियाको ‘हाम्रो प्रीतको गीत भयो जित भएन’ सार्वजनिक

गायक चित्र आठपहरिया राईको स्वरमा ‘हाम्रो प्रीतको गीत भयो जित भएन ,मनको आगो निभाउने शीत भएन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

युट्युव मार्फत प्रिमियर गरिएको सो गीतको नितेन बान्तवाले लेखेका हुन्। इलाम शान्तिपुर घर भएका गीतकार बान्तवा राईले आफैले अनेक पीडा दुख सुखको भोगाइबाट गीत सिर्जना भएर लेखेको बताउछन्।

गीतको संगीत गायक स्वय चित्रले गरेका हुन्। पछिल्लो समय निक्कै व्यस्त रहेका निर्देशक जोन राईले निर्देशन गरेको भिडियोमा मोडेल सरोज दहाल,सुनिता वाइबा,कलाकार प्रान्क मास्टर कपिल मगरले भिडियोमा अभिनय गरेका छन्।

गीतकार नितेन बान्तवा आफैले गीत राम्रो बनेको बताउँदै भिडियोबाट आशावादी रहेको बताए।

प्रकाशित मिति: : 2022-06-01 13:45:00

प्रतिकृया दिनुहोस्