अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

File photo
File photo

अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ। 

लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई 'गभर्नर जनरल' डेभिड हुर्लीले सपथ खुवाएका हुन्। 

क्यानबेरामा रहेको 'गभरमेन्ट हाउस'मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उनले मन्त्रीहरूलाई सपथ खुवाएको जनाइएको छ ।  

अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ। 

मन्त्रिपरिषद्‌मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो।    

आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बनेका छन्। अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् तर, आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बनेका थिए।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ। अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन्। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन्। 

लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो। लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो।

अहिले लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उहाँले एकल मन्त्रिपरिषद् गठन गर्नु भएको हो । कुल १५१ सिट रहेको अष्ट्रेलियाको तल्लो सदनमा बहुमत पुर्‍याउन कम्तीमा ७६ सिट जित्नु पर्नेमा लेबरले त्योभन्दा बढी जितिसकेको छ । कतिपय ठाउँमा अहिले पनि मतगणना भइरहेकाले अन्तिम नतिजा आउन बाँकी नै रहेको छ ।

प्रकाशित मिति: : 2022-06-01 14:20:00

प्रतिकृया दिनुहोस्