अक्षय भन्छन्- म प्रधानमन्त्री बन्न योग्य छैन

photo : hindustan times
photo : hindustan times

बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन्।

उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ। यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन्।

हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए। त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ रु’ भनी सोधेका थिए।

‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन। म आफ्नै अभिनयको सानो संसारमा खुसी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्छन्। म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भनेका छन्।

उनले आफ्ना लागि काम गर्न सक्ने भए पनि पूरा देश सम्हाल्न नसक्ने बताए। ‘फिल्मकै माध्यमबाट धेरै काम गर्न मलाई साथ मिलिरहेको छ’, अक्षयले भने।

प्रकाशित मिति: : 2022-06-01 16:26:00

प्रतिकृया दिनुहोस्