हाफ म्याराथनमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो

photo : muktikhabar.com
photo : muktikhabar.com

कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन्।

एक्काइस दशमलव एक किलोमिटरको हाफ म्याराथनमा उनी एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भएका छन्।  सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए।

पार्कीभन्दा नौ सेकेन्डले पछि पर्नुभएका उनी  एक घण्टा सात मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो भएका छन्।

त्यस्तै त्रिभुवन आर्मी क्लबकै खेलाडी मुकेश पाल तेस्रो भए। उनी एक घण्टा आठ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए। चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक भए।

गजेन्द्र राई एक घण्टा नौ मिनेट एक सेकेण्ड समय खर्चर्दै चौथो भए भने  तरेन्द्रसिंह रावलले एक घण्टा नौ मिनेट १० सेकेण्ड समय लगाउँदै पाँचौँ भए। त्यसैगरी खगेन्द्र भाट एक घण्टा १० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै छैठौँ स्थानमा रहे।

त्यसैगरी महिलातर्फको २१दशमलव एक  किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएका छन्। उनी निर्धारित दुरी एकघण्टा १९ मिनेट १० सकेण्डमा निर्धारित दुरी पूरा गर्दै पहिलो भएका हुन्।

सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेण्ड समय खर्चदै दोस्रो भए। नेपाल पुलिस क्लबकी रोवा विष्ट एक घण्टा ३० मिनेट ४२ सकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए। त्यसैगरी त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, विन्द्रा श्रेष्ठ र गीता विक क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहे।

उक्त म्याराथनको महिला तथा पुरुषमा पहिलो हुने खेलाडीले जनही रु एक लाख प्राप्त गरेका छन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमश : ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन्। यसैगरी पाँच किलोमिटरको कर्पोरेट दौडमा विकास पोखरेल प्रथम भए।

उनले १७ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरे। दौडमा शेरबहादुर थाउ दोस्रो र रितेश ओली तेस्रो स्थानमा रहे। सोही प्रतिस्पर्धाको महिलातर्फको  दौडमा सनी तामाङ प्रथम भए। उनले २६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए। सोही प्रतिस्पर्धामा सुनिता महर्जन दोस्रो तथा लादेन प्रधान तेस्रो भए। 

कर्पोरेट दौडका पहिलो खेलाडीलाई पोखरा र दोस्रोलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेज दिइएको छ। तेस्रो हुने खेलाडीलाई माउण्टेन फ्लाइटको टिकट उपलब्ध गराइएको छ।

त्यसैगरी तीन किलोमिटरको ह्विलचियर दौडमा रमेश खत्री प्रथम भए। उनी १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम भएका हुन्। सोही प्रतिस्पर्धामा प्रेमबहादुर विक दोस्रो र धनबहादुर थिङ तेस्रो भए।

ह्विलचेयरतर्फकै महिलातर्फ यामी झाँक्री मगर पहिलो र रजनी राई दोस्रो भइन्। यस प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही रु ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन्। उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेरबाहदुर देउवाले गरेका थिए। 

प्रकाशित मिति: : 2022-06-04 14:33:00

प्रतिकृया दिनुहोस्