भुटानले नेपाललाई दियो ६७ रनको लक्ष्य

photo : can
photo : can

आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानले नेपालसामू ६७ रनको लक्ष्य पाएको छ।

मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभारमा नौ विकेट गुमाएर ६६ रनको योगफल तयार पारेको हो।

भुटानको लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे। यसबाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन्।

नेपालका लागि अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिँदा स्नेहा महराले एक विकेट लिइन्।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो तर, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। 

प्रकाशित मिति: : 2022-06-06 13:17:00

प्रतिकृया दिनुहोस्