प्रदीप शाहीकाे ‘अन्तिम संस्कार’ मा दिया पुन फाइनल

File photo
File photo

निर्देशक प्रदीप शाहीले नयाँ फिल्म ‘अन्तिम संस्कार’ निर्माण गर्ने भएका छन्।

फिल्मका लागि उनले अभिनेत्री दीया पुनसँग लिखित सम्झौता गरेका छन्।

विनोद सुवेदी खत्रीको निर्माण रहने फिल्ममा विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी, सुस्मिता गिरी, श्याम राईलगायतको अभिनय रहनेछ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो। उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ।

‘अन्तिम संस्कार’ अब केही समयपछि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिए। शाही प्रोडक्सनको व्यानरमा सामाजिक कथामा फिल्म निर्माण हुन लागेको हो।

प्रकाशित मिति: : 2022-06-06 15:43:00

प्रतिकृया दिनुहोस्