दलित सबाल्टर्नमा बुद्धिजीवी

अन्नपूर्ण पोष्ट

सञ्जीव कार्की

जो सधैं अधीनस्थ, पराधीन, पराश्रित, सदियौंदेखि शासित र अत्यधिक श्रम गरेर जीवन निर्वाह गरिरहेका सीमान्तकृत मान्छेहरू छन्, ती वर्ग नै हाम्रो सन्दर्भमा सबाल्टर्न हुन्।

इटालीका नव माक्र्सवादी सांस्कृतिक विश्लेषक, चिन्तक आन्तोनियो ग्राम्सी भन्छन्, शासकहरूबाट शासित भइरहन तयार भएको अवस्था हेजेमोनी हो। यसका अनेक प्रकार र स्वरूप निर्माण भएका हुन्छन्। जसमा सांस्कृतिक, सामाजिक, रणनीतिक, राजनीतिक, आर्थिक र बौद्धिकलगायत छन्। प्रभुत्वशाली वर्ग शासक र तिनका बौद्धिक मतियारले विभिन्न वैचारिकी निर्माण गर्छन्।

त्यो वैचारिकी हैकमवादी सत्ता, शक्तिको केन्द्र, धर्मको संस्थापन पक्ष र संस्कृतिलाई टेवा पुर्‍याउने बन्छ। त्यही संस्कार र संस्कृतिमा आफूलाई अन्तरघुलित गरेर आफ्नो शोषण दमन तिरस्कार र बहिष्कार गरेको थाहा नै नहुने सामाजिक संरचना, सांस्कृतिक प्रभुत्व निर्माण गरिन्छ। र, अधीनस्थ वर्ग अर्थात् (सबाल्टर्न) समुदायलाई आफैंमा समाहित गर्नु सन्निकट राख्नु वर्चस्वशाली सत्ताको सीमा र चरित्र हो।

प्रकाशित मिति: : 2022-06-06 17:03:00

प्रतिकृया दिनुहोस्