अमेरिकी लोकप्रिय रक ब्याण्ड 'बोन जोबी'का संस्थापक सचको निधन

अमेरिकाको लोकप्रिय रक ब्याण्ड 'बोन जोबी'का संस्थापक र बेस गीतारिस्ट एलेक जन सचको निधन भएको छ।

निधन कहिले र कसरी भयो भन्ने गोप्य भएपनि उनको निधन भएको उनकै मित्र तथा ब्याण्डका कि बोर्ड बादक डेबिड ब्रायनले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।

सन् १९८३ देखि १९९४ सम्म ब्याण्डको अभिन्न अङ्गको रुपमा रहेका सचले ब्याण्डको लोकप्रिय गीतहरूमा बेस गितार बजाएका थिए। ब्याण्डका प्रमुख गायक जोन बोन जोबीले सचको निधनले आफरूलगायत सबै सदस्यहरूलाई ठूलो दुःख लागेको बताएका छन्।

१४ नोभेम्बर १९५१ को दिन न्यूयोर्क मा जन्मिएका सच ब्याण्डमा सहभागी भएको समयका न्यूजर्सी (१९८८), क्रस रोड (१९९४), किप द फेथ (१९९२) आदि लोकप्रिय गीति एल्बमहरू हुन्।

सचको निधनमा शोक मनाउन ब्याण्डले एक हप्ताको लागि कुनै पनि प्रकारको सांगीतिक गतिविधि नगर्ने जनाएको छ।

प्रकाशित मिति: : 2022-06-07 07:53:00

प्रतिकृया दिनुहोस्