‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म

‘कबड्डी ४’ ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ। यही जेष्ठ १३ गतेबाट देशभर प्रदर्शनमा आएकाे याे फिल्मले शनिबारसम्म २० कराेड ५ लाख ग्रस कमाउन सफल भएकाे हाे।

यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ।

सबैभन्दा धेरै पैसा कमाएको चलचित्र छक्कापञ्जा ३ को रेकर्डलाई पनि यसले तोडेको छ। बलिउड चलचित्र ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड रहेकाे छ। यसलाई पनि ‘कबड्डी ४’ले जित्ने अनुमान गरिएकाे छ।

रामबाबु गुरूङ निर्देशित कबड्डी ४ मा दयाहाङ राई, साैगातम मल्ल, मिरूना मगर, बिजय बराललगायत कलाकारकाे अभियन रहेकाे छ।

प्रकाशित मिति: : 2022-06-13 13:35:00

प्रतिकृया दिनुहोस्