वरिष्ठ लोक तथा दोहोरी गायिका बिमाकुमारी दुराको सम्मानार्थ अमेरिकामा बिमाकुमारी दुरा सम्मान साँझ–२०२२ आयोजना गरिएको छ।
आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा कार्यक्रम आयोजना हुने निश्चित भएको छ।
नेपाल र नेपालीको शान, कला, संस्कृती हाम्रो पहिचान भन्ने मूल नाराका साथ बिमाकुमारी दुरा सम्मान साँझको आयोजना गरिएको कार्यक्रम संयोजक वरिष्ठ सर्जक एवं गायिका सृजना विरही थापाले जानकारी दिएका छन्।
नेपाली लोक दोहोरी गीत संगीत जगतमा लामो समदेखि योगदान पुर्याउदै आएका वरिष्ठ लोक गायिका दुराको सम्मानार्थ कार्यक्रमको आयोजना र संयोजन गर्न पाउँदा आफू हर्षविभोर भएको संयोजक सृजना विरही थापाले बताएका छन्।
गायिका दुराले हजारौं कालजयी गीतमा आफ्नो आवाज दिएर नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको माझमा उच्च स्थान बनाइसकेकी छन्। बिमाकुमारी दुरा सम्मान साँझ–२०२२ लाई सभ्य भव्य र विशेष रुपमा सम्पन्न गर्नका निम्ति आयोजकले विभन्न जिम्मेवारीहरुको बाँडफाड समेत गरेको छ।
कार्यक्रम संयोजकमा सर्जक एवं गायिका सृजना विरही थापा, कार्यक्रम उद्घोष तथा कलाकार संयोजकमा लोकप्रिय गायक राजन ठकुरी र आर्थिक संयोजकको जिम्मेवारी सुमित्रा लामालाई प्रदान गरेको छ।
कार्यक्रमका लागि तयारी तिव्ररुपमा भइरहेको संयोजक थापाले जानकारी दिएका छन्। साथै उनले यो उच्च स्तरीय कार्यक्रमलाई सफल पार्नका सहयोगका निम्ति सबैलाई अपिल गरेका हुन्।