ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने

File photo
File photo

नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ।

संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलाेमिटर साइईक्लिङ्ग, र एक किलाेमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन्। 

प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघकाे अपेक्षा रहेकाे सचिव सुनुवारले बताए।
 

प्रकाशित मिति: : 2022-06-15 16:19:00

प्रतिकृया दिनुहोस्