नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म

File photo
File photo

अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ। भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन्।

२३ जुनमा पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्कारा’को भौतिक प्रदर्शनबाट फेस्टिभलको शुभारम्भ हुनेछ। समापन भने जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको सर्ट फिल्म ‘द लिप रिडर’बाट हुनेछ।

भौतिक प्रदर्शनीबाहेक फेस्टिभल अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत फिल्महरु हेर्न सकिनेछ। विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन् भने स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उपप्रदर्शन गरिनेछ।

प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ। महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ।

फेस्टिभलका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ। जसमा नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब छन्।

प्रकाशित मिति: : 2022-06-17 17:45:00

प्रतिकृया दिनुहोस्