अचानो नेपालले भोलि (शनिबार) बहत् मुक्तक तथा गजल वाचन कार्यक्रम गर्दैछ। कार्यक्रम दिउँसो १२ बजेपछि राष्ट्रिय महिला आयोगको भवन, भद्रकालीमा हुने कार्यक्रम संयोजक विशाल विहानीले जानकारी दिएका छन्।
‘शुुद्ध विचार, बुलन्द आवाज, लेखाइमा दक्षता, अक्षर र ध्वनीको विद्रोह हाम्रो प्रतिवद्धता’ नारा दिइएको कार्यक्रममा देशका चर्चित मुक्तक तथा गजलकारहरुको सहभागीता रहने विहानीले बताए।
कवि जसराज किराँतीको प्रमुख आतिथ्यता रहने कार्यक्रममा गजल वाचनमा कृष्णप्रसाद अर्याल, अर्पना आपागाइँ, प्रेम उत्सव रहेको छन। त्यस्तै मुक्तक वाचनमा दिनेश आदिव र कुशल रिजाल रहने छन्।
कार्यक्रमा सबै साहित्य प्रेमीलाई सहभागीतकाे लागि आयाेजकले अनुराेध गरेकाे छ।