नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए।
डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पुरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७।५८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन्।
प्रतियोगितामा नेपालबाट महिलातर्फ डुआना र पुरुषतर्फ नासिर हुसैन सहभागी छन्।