हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए। नासिरले यसअघि दुई मिनेट ०१।६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन्।
प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी छन्।