एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा

photo : can
photo : can

तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रनमा अविजित रहिन्। बहराइनकी पभिथ्र सेट्टी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए। 

यसअघि पहिले ब्याटिङमा आएको बहराइनले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएका थिए। वर्षाको कारण खेल सात ओभरमा खेलाइएको थियो। बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले दुई-दुई रन बनाएका थिए। नेपालकी कविता र सबनम राईले समान दुई विकेट तथा अस्मिना कर्माचार्यले एक विकेट लिइन्। 

समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन्। यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन्।

प्रकाशित मिति: : 2022-06-20 12:43:00

प्रतिकृया दिनुहोस्