आजकाल सुन्दर देखिने सबैको चाहाना हुन्छ। जसको लागी मानिसले घण्टौ मेकअप गरेर अथवा प्लास्टिक सर्जरी गरेर आफूलाई आर्कषक देखाउने गरेका छन्।
जसमध्ये बलिउडमा पनि त्यस्ता धेरै नायिका छन् , जसले प्लास्टिक सर्जरी गरेका छन्। यसैमध्येकी एक हुन्–स्वाति सतीश।
भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो। गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो।
खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन्। स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठहर्याएकी छन्। साथै,गलत रुपमा उपचार गरेको आरोप पनि लगाएकी छन्।
त्यसै अर्की अभिनेत्री हुन् –राखी साबन्त।
ड्रामा क्विन भनेर चिनिने राखी साबन्तले पनि आफु आर्कषक देखिन प्लास्टिक सर्जरी गरेको बताएकी छिन्। राखीले टि. भी सो ‘विग बास’ मा आफुले नाक, स्तन तथा हिपको सर्जरी गरेको खुलाएकी थिइन्।
प्लास्टिक सर्जरी गरेर आफुलाई आर्कषित बनाउने नायिका हुन्–आइसा टकिया।
कुनै समयमा निकै चर्चामा आएकी नायिका हुन् उनी। आइसाले ओठको सर्जरी गरेकी बताएकी छिन्। तर हाल आइसा फिल्ममा देखिने गरेकी छैनन्।