स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार (असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ।
एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु गर्नुहुनेछ। साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतीसमेत रहनेछ।
कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ। आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई निस्शुल्क प्रवेशको व्यवस्था गरेको छ।
निस्शुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ।