एमाले झापाका अध्यक्ष कार्कीको घरमा शंकास्पद वस्तु भेटियो

नेकपा (एमाले)का झापा अध्यक्ष दीपक कार्कीको घरमा शंकास्पद वस्तु फेला परेको छ।

आज बिहान करिब साढे ५ बजे झापाको गौरादह- ३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद बेटिएकाे इलाका प्रहरी कार्यालय दमकको जानकारी दिएकाे छ। अहिले नयाँ श्रीनाथ गण चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आइपुगेको छ।

नेता कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहानै साढे ५ बजेतिर घर अगाडिको सडक किनारमा प्रेसर कुकर बम फेला परेको उल्लेख गरेका थिए।

उनले शंकास्पद वस्तु ‘किन, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-06-24 10:01:00

प्रतिकृया दिनुहोस्