डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन्।
भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन्।
महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ। नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन्।
कृत्तीसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन्। छनोट चरणमा बाँकी तिन स्थानमा अनीसा न्यौपाने, विनीता कपाली, शान्ति धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ।
अनीसाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ। शान्ति, सिन्दीरा र खुस्बुको ३.५ अंक छ। पूजा भण्डारीको ३ अंक छ।
एक दिन अगाडीसम्म अग्रता लिएको अनिसाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन्। विनीताले छैटौँ चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन्।
पुरुषतर्फ मिलन लामा छनोट भएका छन्। मिलनले पनि ६ चरणको समाप्तिमा ५ अंक बटुलेका छन्। पुरुष तर्फ अब दुई जनाको टुंगो शनीबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ।
वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष बरिएताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन्। रुपेस जयसवालको ३ दशमलव५ अंक छ। मिलनले शुक्रबार पाचौँ चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौँ चरणमा रुपेसलाई हराए।