रोल्पा नगरपालिकाद्धारा पौने ८० करोडको बजेट प्रस्तुत

रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७९ करोड ८० लाख ७५ हजारको बजेट प्रस्तुत गरेको छ।

जसमध्ये चालुतर्फ ४७ करोड ७ लाख र पुजीँगततर्फ ३२ करोड ७३ लाख ७५ हजार रहेको छ। रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेट ८० करोड २ लाख ९ हजार १ सय ७३ बिनियोजन गरेकोमा हालसम्म ५० करोड ६२ लाख ९१ हजार ७ सय ६ रुपैया मात्र खर्च गरेको उपप्रमुख गीता आचार्यले बताइन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तीले मानव संशाधनमा बढी काम गर्ने बताए। अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई केही जोड दिएको देखिन्छ।

प्रकाशित मिति: : 2022-06-24 20:22:00

प्रतिकृया दिनुहोस्