अहिंसात्मक भूमि आन्दोलनमा राज्यको बेवास्ता

प्रजातन्त्रदेखि व्यवस्था फेरिँदै अहिले गणतन्त्र आयो। धेरै कुरा फेरिए तर गरिबी, अभाव, अन्याय र दुःखमा बाँचेकाहरूको जीवन फेरिएन।

अन्नपूर्ण पोष्ट

विश्वास नेपाली

मानव जीवनमा भूमिको धेरै महत्त्व छ। भूमिबिनाको मानव जीवन कल्पना बाहिरको कुरा भइसक्यो। भूमि प्रकृतिको सुन्दर उपहार हो। जन्मेदेखि मृत्यपछि हुने संस्कारमा समेत भूमिको उपयोग महत्त्वपूर्ण छ।

भूमि प्राप्ति, यसको उपयोग, संरक्षणका लागि मानिसले धेरैै संघर्ष गर्छन्। तर, सीमित वर्गले असीमित भूमिको स्वामित्व कब्जा गरिराखेका छन्। त्यसैले ठूलो मात्रामा मानिसहरू भूमिहीन छन्, यसले असमानता बढाउँदै लगेको छ।

इतिहासको विकास क्रममा विभिन्न आरोह, अवरोहहरू पार गर्दै मानिस आधुनिक समाजमा प्रवेश गरेको छ। हरेक कालखण्डमा भूमि स्रोतप्रति उत्तिकै चाहना छ। एक देशका मान्छे अर्काे देशको भूमि टेक्न पाउँदैन, प्रवेश अनुमति खोज्छ। भूमि कब्जा हुने डरले देशहरूले सीमा सुरक्षामा ठूलो धनराशि खर्च गर्छन्।

पहिले पहिले राज्यबीच भूमि कब्जा गर्ने र भूगोल फैलाउने काम बढी हुन्थ्यो। भूमि स्रोत हुनेहरू शक्तिशाली ठहरिन्थे। तर, अहिले समय र परिवेश फेरिएको छ। भूमिको उपयोगिताको क्षेत्र फराकिलो हुँदै गएको छ।

प्रकाशित मिति: : 2022-06-26 16:19:00

प्रतिकृया दिनुहोस्