न्यु डायमन्ड भलिबल प्रतियोगिता मंगलबारदेखि

File photo
File photo

वागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने भएको छ। कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता रहनेछ। 

राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यु डायमन्ड स्पोर्टस् क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ। यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त गर्नेछन्। 

यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन्।
 

प्रकाशित मिति: : 2022-06-27 15:46:00

प्रतिकृया दिनुहोस्