चर्चित गायक सुरज पण्डितको रेलको बाटो- २ काे म्युजिक भिडियो सार्वजनिक भएको छ। रेलको बाटोको अपार सफलतापछि गायक पण्डितले रेलको बाटो– २ (सिंहदरबार) साेमबार बजारमा ल्याएका हुन्।
यसअघि कर्णलीको विकट जिल्ला हुम्लाको जनजीवनमा आधारित रेलको बाटोलाई दर्शकले अत्याधिक रुचाएका थिए।
रेलको बाटो– २ गीतमा शब्द, स्वर र संगीत सुरज पण्डित आफैंले गरेका छन्। जसमा अभियन उनी सहित अस्मिता सुनार लगायतकाे रहेकाे छ।
कर्णालीका कथावस्तु समेटेर तयार गरिएकाे भिडियाेकाे निर्देशन लक्ष्मण सुनारले गरेका छन्।