राजेश हमालले किन गरे प्रचण्डसँग शुक्रबारे भेट ?

शुक्रबार फिल्म उद्योगका लागि विशेष दिन हो । धेरैजसो निर्माता–निर्देशक यही दिन पारेर फिल्मको शुभमुहूर्त गर्छन् । प्रिमियर शो बिहीबार गरे पनि सबै फिल्मले सार्वजनिक प्रदर्शनका लागि शुक्रबार नै रोज्छन् । अर्थात्, फिल्महरू शुक्रबार रिलिज गरिन्छन् ।

यहाँ शुक्रबारको चर्चा किन गरिएको हो भने, आज अर्थात् शुक्रबार बिहानै राजेश हमाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास पुगे ।

राजेश हमाल नेपाली फिल्म उद्योगका सर्वाधिक लोकप्रिय नायकहरूमध्येका एक हुन् । अहिले पनि हमालका लाखौँ फ्यान फलोअर छन् । अन्य अभिनेताहरूको तुलनामा यिनको फ्लान फलोइङ निकै सशक्त देखिन्छ । त्यसैले एकाबिहानैको उनको प्रचण्डसँगकाे भेट भाइरल हुन पुग्यो ।

प्रचण्ड र हमालको एक्लाएक्लै तथा उनीहरूसँगै संगीतकार चेतन सापकोटा र प्रचण्डपुत्री गंगा दाहाल दायाँ–बायाँ उभिएको तस्बिर पनि भाइरल भयो । संगीतकार सापकोटाले सामाजिक सञ्जालमा ‘नेपाली राजनीतिका नायक र नेपाली चलचित्रका नायक’बीच भेटवार्ता भन्दै तस्बिर राखेपछि भेटवार्ताको खबर सार्वजनिक भएको हो ।

प्रकाशित मिति: : 2022-07-01 14:35:00

प्रतिकृया दिनुहोस्