इंग्लिस क्लब आर्सनलले २५ वर्षीय ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ।
आर्सनलले सोमबार जिससलाई इंग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको छ।
९ नम्बर जर्सीमा देखिने जेसिसले सन् २०२७ सम्म आर्सनलमा रहने छन्। जिसस सन् २०१६ मा पाल्मीरासबाट सिटी अनुबन्ध भएका थिए। सिटीका लागि जिससले १५९ प्रिमियर लिगमा ५८ गोल गरेका छन्।
सिटीमा रहँदा जिससले प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन्।