चामलमा आत्मनिर्भर हुन के गर्दैछौं हामी?

सेतोपाटी

वीरेन्द्रबहादुर बस्नेत

असार १५ गते सामाजिक सञ्जालमा धेरैले धान दिवस मनाएको, रोपाइँमा रमाएको तस्बिरहरू राखे। दैनिक अखबारहरूमा पुनः एकपटक धान खेतीको महत्व र धान उत्पादनमा आत्मनिर्भरताका लेखहरू लेखिए। मेसिनबाटै धान रोपिएका फोटा पनि सार्वजनिक भए।

यथार्थमा धान दिवसको अवसरमा देखिएका यी सब गतिविधि कर्मकाण्डी हुन्। वर्षको एक पटक गरिने अनि बिर्सिने। धान दिवसको रमाइलोबीच धेरैले बिर्सिने वा थाहा नपाएको यथार्थ के भने, धान खेती तस्बिरमा देखाइएजस्तो सहज छैन। मेसिनबाट रोपाइँ हुने कुरा पनि ऊँटको मुखमा जिराजस्तै।

प्रकाशित मिति: : 2022-07-04 17:31:00

प्रतिकृया दिनुहोस्