डा.शर्मा दम्पतीलाई सम्मान, मुख्यमन्त्रीले पनि गरे प्रशंसा

खेलाडीहरुलाई निःशुल्क उपचारको व्यस्था मिलाइदिने केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराललाई कार्यक्रममा सम्मान गरिएको छ।

कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले डा.शर्मा र बराललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे।

सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले नेपाली खेलाडीको उपचार गर्न चन्दा उठाउँनुपर्ने अवस्था रहेको प्रति दुख व्यक्त गर्दै खेलाडीको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति नोबेल र केएमसीलाई धन्यवाद ज्ञापन गरे।

उनले शर्मा दम्पतीको जस्तो फराकिलो छाति भएकाहरुको सहयोगले खेलाडीहरुको उपचारमा सहजता मिलेको भन्दै उनीहरुको प्रशंसा गरे।केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराल श्रीमान–श्रीमती हुन्। सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा दम्पतीले खेलाडीहरुलाई दुवै अस्पतालवाट निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन्।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति शर्मा दम्तीको प्रशंसा गरेका थिए। सो अवसरमा सामाजिक विकास मन्त्री राजन राई, प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले, ओलम्पियन्स एशोसिएसनका अध्यक्ष बिष्ट लगायतले पनि डा.शर्मा दम्पतीको खुलेर प्रशंसा गरेका छन्।

१८७ खेलाडीलाई सम्मान

कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डले १८७ जना खेलाडीलाई सम्मान गरेको छ। बोर्डले ओलम्पीक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएर खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्र्याएको भन्दै खेलाडीहरुलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा ओलम्पीकमा सहभागी ६ जना, एसियालीमा सहभागी ४० जना र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना खेलाडी छन्। उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन्।

प्रकाशित मिति: : 2022-07-05 12:33:00

प्रतिकृया दिनुहोस्