फूलैकाे वरिपरि मुसुक्कै रारा (फाेटाे फिचर)

हिमाली भेगकाे समुद्र मानिने रारा ताल मुगु जिल्लामा अवस्थित छ। नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध ताल पछिल्लो समय पर्यटककाे आकर्षक गन्तव्य बनेकाे छ।

समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित याे तालसम्म मुगु सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि पुगिन्छ।

कुल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालको अधिकतम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने भने गहिराइ १ सय ६७ मिटर छ।

वर्षा सिजनमा झण्डै २५ प्रकारका फूलहरु फुलेर ढकमक्क हुँदा तालकाे दृश्य मनाेरम देखिन्छ।

हिमाली कालाे भालु, कस्तुरी, रतुवालगायत ५५ प्रजातिका जीव पाइने रारा राष्ट्रिय निकुञ्जमा २ सय ९६ किसिमका चराहरु पाइन्छन्। हिउँद करिब ५० किसिमका चराहरु विदेशबाट पाहुना लाग्न आइपुग्छन्।

आर्थिक वर्ष २०७८/०७९ काे अन्तिमसम्म करिब ११ हजार आन्तरिक पर्यटक पुगेकाे रारामा ८३ जना विदेशी पर्यटकले भम्रण गरेकाे रारा राष्ट्रिय निकुञ्जकाे तथ्यांक छ।

प्रकाशित मिति: : 2022-07-11 20:40:00

प्रतिकृया दिनुहोस्