प्रदेश १ को नामकरण बहस : के रगतको मूल्य छैन ?

रातोपाटी

अर्जुन आचार्य

प्रदेश १ को नामकरणको बहस सतहमा छ । लामो रस्साकस्सीपछि संविधानसभाले पनि पार लगाउन नसकेको नामको बहस अहिले प्रदेशसभाले टुङ्गो लगाउने तयारी गरिरहेको छ । तर, समय अहिले फरक छ ।

अहिले पहिचानको आन्दोलन अलिक कमजोर छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यहीबेला पहिचानवादी आन्दोलनको हुर्मत लिने अवसर भएको छ ।

१ नम्बर प्रदेशमा किराँत, लिम्बुवान र खम्बुवान आन्दोलन निरन्तर चलिरहेको छ । यहाँ लामो समयदेखि भाषिक आन्दोलन भए । विभेद विरुद्धका आन्दोलन भए । २५० वर्ष यता निरन्तर आन्दोलनको इतिहास बनिरहेको छ । सबैभन्दा धेरै पहिचानको आन्दोलन गर्नेमा मधेस प्रदेश र १ नम्बर प्रदेश नै हो ।

पहिचानको आन्दोलनकै बलमा साविकको २ नम्बर प्रदेशको नाम ‘मधेस’ राखियो । त्योसँगै त्यहाँको आन्दोलन सम्बोधन भएको छ । तर, प्रदेश १ मा आदिवासी जनजातिको आन्दोलनलाई एमाले र काँग्रेसले ‘कोशी’ वा ‘सप्तकोशी’मा लगेर जबर्जस्ती प्रवेश गराउन खोजेको देखिन्छ । 

प्रकाशित मिति: : 2022-07-11 12:46:00

प्रतिकृया दिनुहोस्