रोबोट बनाउँदै हुर्केका महेश त्रिपाठी कसरी बने 'उत्कृष्ट' अभिनेता?

सेतोपाटी

मनिका विश्वकर्मा

कुरा गत वैशाख ७ गतेको हो। महेश त्रिपाठीको फेसबुकमा नोटिफिकेसनको ओइरो लाग्यो। साथीहरूले उनलाई बधाइ दिइरहेका थिए। 

बधाइमा अमेरिकाको 'ह्युस्टन फिल्म फेस्टिभल' मा नेपाली फिल्म 'हल्कारा' बाट अभिनेता महेश त्रिपाठी उत्कृष्ट अभिनेता विधामा मनोनयन भएको जानकारी थियो। 

अमेरिकामा आयोजित फेस्टिभलमा नेपाली फिल्मबाट नेपाली कलाकार 'उत्कृष्ट' ठहरिएको थियो। बधाइको नोटिफिकेसन आउन थाल्दा महेश अस्कर इन्टरनेसनल कलेजको एउटा कक्षामा पढाउँदै थिए। समय सकिएपछि मोबाइल फोनमा सबैजसो सन्देश हेरे। 

उनलाई पत्याउनु कि नपत्याउनु जस्तो भयो। अनपेक्षित सूचना आएको आभास भयो। केही बेरमा आयोजकका तर्फबाटै म्यासेज आयो। अब त पत्याउन करै लाग्यो।

'ससानो कुरामा खुसी हुने म यसरी अन्तर्राष्ट्रियस्तरमै मनोनित हुन पाउँदा धेरै खुसी भएँ,' उनले सेतोपाटीसँग भने, 'यसबाट मलाई अझै मेहनत गरेर फिल्म खेल्छु भन्ने ऊर्जा मिल्यो।'

प्रकाशित मिति: : 2022-07-11 13:00:00

प्रतिकृया दिनुहोस्