जस्तो सोच उस्तै जीवन

शास्त्रोक्तिलाई हेर्दा कृष्णद्वैपायन (वेदव्यास) को जयन्ती (आषाढ शुक्ल पूर्णिमा) लाई गुरुपूर्णिमा  (व्यास जयन्ती) भनिन्छ। पाठकमैत्री अभिप्रायमा वेदलाई विभाजन गर्नुले उनलाई वेदव्यासको उपमा मिल्यो। महाभारत युद्धका साक्षी मानिने व्यासलाई भगवान्कै स्वरूप वा अवतार तथा गुरुका पनि गुरु मानिन्छ।

उनलाई अष्टचिरञ्जीवीमध्ये एक चिरञ्जीवीका रूपमा लिइन्छ। द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई कृष्ण (कालो) द्वैपायन भन्ने गरेका उक्ति पाइन्छन्। उनको आदरभावमा ‘गुरुदेवो भवः’ को भावभञ्जन सुसज्जित छ।

प्रकाशित मिति: : 2022-07-13 13:50:00

प्रतिकृया दिनुहोस्